किसानले पेन्सन पाउने, १ अर्ब बीउ पुँजी छुट्याइयो

RONB 29 May, 2022 10:55 AM

काठमाण्डौ  - सरकारले किसानलाई पेन्सनको व्यवसथा गर्ने भएको छ। 

संघीय संसदमा आज दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सनको व्यवस्था गरिएको जानकारी गराएका हुन्। यसका लागि किसान हित कोष खडा गरिने उनले बताए। 

कोषमा किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गर्ने पनि शर्माले जानकारी दिए। यो कोष सञ्चालनका लागि बीउपुँजीका रुपमा १ अर्ब रुपैयाँ छुट्याइने शर्माले बताए।

आगामी आर्थिक वर्षबाट किसान परिचयपत्रमार्फत किसान सहुलियत र छुटको व्यवस्था गरिने शर्माले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्