पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक राति बन्द हुने

RONB 18 Sep, 2023 20:44 PM

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि २० गतेसम्म राति बन्द हुने भएको छ। 

सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सवारी आवागमन बन्द गर्न लागिएको हो। 

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकको निर्णयानुसार  सडक खण्डको किमि १७ (खयरघारी) र किमि ३३ (पोखरे खोला नजिक) स्वीकृत डिजाइन अनुसार सडक चौडा गर्नुपर्ने र  निर्माणको समयमा आवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै रातका समयमा सडक नै बन्द गरिने भएको हो । 

सो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधनलाई भने सहजीकरण गरिनेछ ।  प्रशासनले पूर्वतर्फ काठमाडौँ तर्फबाट आउने सवारी साधन रोकिने स्थान थाक्रे गाउँपालिका वडा नम्बर १ को एक्लेफाँट र पश्चिमतर्फ मुग्लिङतर्फबाट आउने सवारी साधन रोकिने स्थान गजुरी गाउँपालिका वडा नम्बर ५ को घाटवेशी पुललाई तोकेको छ । 




प्रतिकृया दिनुहोस्